Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको राजनीतिक कदम भएको गठबन्धनको निष्कर्ष

    नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको राजनीतिक कदम भएको गठबन्धनको निष्कर्ष

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 675
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सत्तारुढ गठबन्धनले नागरिकता विधेयक फिर्ता गर्नु राष्ट्रपतिको ‘राजनीतिक कदम’ भएको निष्कर्ष निकालेको छ । र, विधेयक संघीय संसदबाट हुबहु पास गरेर प्रमाणीकरणका लागि पठाउने निर्णय गरेको छ ।

    संघीय संसदले पास गरेको नागरिकता विधेयकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ १५ बुँदे सन्देशसहित प्रतिनिधिसभामै फिर्ता पठाएकी थिइन् । उनले अंगीकृत नागरिकताको विषय उठाएकी छन् भने आमाको नाममा नागरिकता लिँदा गर्नुपर्ने स्वघोषणाको व्यवस्थामा प्रश्न गरेकी छन् ।



    राष्ट्रपतिको सन्देश मंगलबार संसदमा पेश भएको छ । मंगलबार नै प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बसेको सत्तारुढ पाँच दलको बैठकले नागरिकता विधेयक हुबहु पास गर्ने र प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाउने निर्णय गरेको छ ।



    अर्थ बाहेकका विधेयक पुनर्विचार गर्नुपर्ने लागेमा फिर्ता पठाउनसक्ने संवैधानिक व्यवस्था भएपनि नागरिकता विधेयकमा राष्ट्रपतिले राजनीतिक कदम चालेको गठबन्धनको विश्लेषण छ । केपी ओली सरकारले यस्तै प्रावधानसहित अध्यादेश ल्याउँदा राष्ट्रपति नबोलेको गठबन्धनका नेताहरुले स्मरण गरेका छन् । ‘अध्यादेश फिर्ता गर्न मिल्दैन, तर प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराउन सकिन्थ्यो । त्यो औपचारिकता समेत पुरा गरिएको थिएन’ एक नेता भन्छन्, ‘अहिले संसदले पास गरेको विधेयक फिर्ता गर्नु भनेको पोलिटिकल मूभ नै हो ।’

    अब विधेयकमा कमा वा रेफ मात्र चलाउँदा पनि राष्ट्रपतिले ठीक गरेको सन्देश जाने गठबन्धनको निष्कर्ष छ । एक नेता भन्छन्, ‘नागरिकता विधेयकमा कुनै चेन्ज हुन्न, हबुह पास गरेर प्रमाणीकरणमा पठाउने निर्णय भएको छ ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार