Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • स्थानीयको अवरोध छल्दै बञ्चरेडाँडा पुगे फोहोर बोकेका १८६ गाडी

    स्थानीयको अवरोध छल्दै बञ्चरेडाँडा पुगे फोहोर बोकेका १८६ गाडी

    अनलाइन नेपाल
  • मंगलबार, ३१ साउन २०७९
  • 855
    SHARES

    फाइल तस्विर

    काठमाडौं । काठमाडौंको फोहोर बोकेर गएको गाडी स्थानीय वासिन्दाको अवरोध छिचोल्दै बञ्चरेडाँडा ल्याण्डफिल साइटमा पु¥याइएको छ ।

    स्थानीयको अवरोधका बाबजुद महानगरले मंगलबार १८६ वटा फोहोरका ट्रकहरू बञ्चरेडाँडा पुर्‍याएको हो । प्रहरी प्रशासनको सहयोगमा महानगरपालिकाले फोहोरका गाडीहरू बञ्चरेडाँडामा पुर्‍याएको मेयर बालेन्द्र शाहले जानकारी दिए ।



    ‘हाम्रो उदेश्य छ । फोहोर व्यवस्थापनमा प्रहरी प्रशासनको प्रयोग गर्नै नपरोस,’उनले भने,’फोहोर व्यवस्थापन गर्दा कसैलाई पनि केही समस्या नपरोस ।’



    हाम्रो प्रतिबद्धतामा हामी इमान्दार, सचेत तथा संवेदनशील रहेको उनले उल्लेख गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार