Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बैतडीमा पासोमा परेको चितुवा मर्‍यो

    बैतडीमा पासोमा परेको चितुवा मर्‍यो

    अनलाइन नेपाल
  • बुधबार, १ भाद्र २०७९
  • 663
    SHARES

    बैतडी । बैतडीमा बँदेलका लागि थापेको पासोमा परेको चितुवा मरेको छ।

    दशरथचन्द नगरपालिका–४ बिनासौंमा जंगली बँदेलका लागि थापेको पासोमा फसेको चितुवा मरेको हो ।



    किसानहरुले जंगली बँदेलबाट मकैबाली जोगाउनका लागि पासो थापेका थिए। तर, त्यो पासोमा चितुवा फसेको थियो।



    फसेको चितुवाको उद्धारका लागि बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट टोली गएको बताइएको छ । तर, उक्त टोली नपुग्दै चितुवा मरेको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार