Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    अनलाइन नेपाल
  • आइतबार, ५ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौँ । सिक्लेस हाइड्रोपावर लिमिटेडले साउन ६ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (आइतबार )अन्तिम दिन रहेको छ ।

    कम्पनीले आफ्नो जारी पुँजी ८५ करोड रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिसेयर १०० अंकित मूल्यका ६ लाख १२ हजार ७९३ कित्ता साधारण सेयर निष्कासन गरेको हो । सो आईपीओमा आयोजना प्रभावित क्षेत्र अर्थात् कास्की जिल्लाको प्रभावित क्षेत्र मादी गाउँपालिका वडा नं. १, २ र ३ का स्थानीय बासिन्दाहरूले आवेदन दिन सक्नेछन् ।



    आईपीओमा माछापुच्छ्रे बैंकको मादी शाखा कार्यालय, बैंक अफ काठमाण्डू, मुक्तिनाथ विकास बैंक र एनआईसी एसिया बैंकको पोखरा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।



    यसका साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृतिप्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार