Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    सिक्लेस हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    अनलाइन नेपाल
  • आइतबार, २ असोज २०७९
  • 786
    SHARES

    फाइल फोटो

    काठमाडौं । सिक्लेस हाइड्रोपावर आईपीओमा आवेदन दिने आइतबार अन्तिम दिन हो ।

    लगानीकर्ताले आइतबार कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्नेछ । कम्पनीले भदौ २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ ।



    यसले ११ करोड ५० लाख रुपैयाँ बराबरको ११ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको हो । यसमध्ये ५७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ३४ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १० लाख ५८ हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।



    सीडीएस एन्ड क्लियरिङ लिमिटेडका अनुसार कम्पनीको आईपीओमा शुक्रबारसम्ममा ८९ लाख ७२ हजार ७९३ जनाले आवेदन दिइसकेका छन् ।

    क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ्स नेपालले सिक्लेस हाइड्रोपावरलाई ‘केयर एनपी रेटिङडबल बी प्लस’ प्रदान गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार