Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • इस्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    इस्टर्न हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

    अनलाइन नेपाल
  • मंगलबार, २८ भाद्र २०७९
  • 738
    SHARES

    फाइल फोटो

    काठमाडौं । इस्टर्न हाइड्रोपावरले आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन गरेको साधारण शेयर (आईपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।

    आयोजनाले आयोजनाबाट प्रभावित स्थानीय बासिन्दाका लागि १०० अंकित मूल्यको ६ लाख २० हजार कित्ता आईपीओ निष्कासनमा ल्याएको थियो ।



    आज बैंकिङ समयसम्म आवेदन दिन मिल्ने गरी कम्पनीले आयोजना प्रभावित क्षेत्र भोजपुर जिल्लाका सम्पूर्ण स्थायी बासिन्दाहरूका लागि आईपीओ जारी गरेको हो ।



    जसमा लगानीकर्ताले न्यूनतम १० कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

    आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपाले कम्पनीलाई केयर एनपी बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ ।

    लगानीकर्ताले एनएमबी बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक र लक्ष्मी बैंकका भोजपुर शाखाहरूबाट आवेदन दिन सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार