Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • थारू कोटा नछुट्याई गरेको विज्ञापन अगाडि नबढाउन सर्वोच्चको आदेश

    थारू कोटा नछुट्याई गरेको विज्ञापन अगाडि नबढाउन सर्वोच्चको आदेश

    अनलाइन नेपाल
  • सोमबार, ६ भाद्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । कृषि विकास बैंक लिमिटेडमा थारु समुदायका लागि आरक्षण कोटा नछुट्याई गरिएको विज्ञापनका विषयमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

    सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले रिट निवेदनको अन्तिम किनारा नलागेसम्म पदपूर्ति कार्य नगर्नू–नगराउनू भन्दै अन्तरिम आदेश जारी गरेको हो ।



    कृषि विकास बैंकले २०७९ असार २४ गते गोरखापत्रमा प्रकाशित गरेको विज्ञापनमा थारु समुदायको लागि



    कोटा नछुट्याइएको भन्दै अधिवक्ता श्रवणकुमार चौधरीसमेतले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसमेतलाई विपक्षी बनाई रिट निवेदन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार