Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • कृषि विकास बैंकमा खुल्यो जागिर, माग्यो ११२ जना कर्मचारी [सूचनासहित]

    कृषि विकास बैंकमा खुल्यो जागिर, माग्यो ११२ जना कर्मचारी [सूचनासहित]

    अनलाइन नेपाल
  • शुक्रबार, ११ फाल्गुन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । कृषि विकास बैंकले रिक्त पदपूर्तिका लागि विभिन्न पदमा ११२ जना कर्मचारी मागेको छ ।

    शनिबार सूचना प्रकाशन गर्दै बैंकले आठौँदेखि चौथो तहसम्मका लागि ११२ जना कर्मचारी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको हो ।



    बैंकले २ जना शाखा प्रमुख, २ जना वरिष्ठ लेखा अधिकृत, ३२ जना व्यवसाय अधिकृत, २ जना कम्प्युटर अधिकृत, १ जना आइटी इन्जिनियर, ६ जना कर्जा अधिकृतका लागि आवेदन खुलाएको हो ।



    त्यस्तै १६ जना व्यवसाय सहायक, एकजना कानुन सहायक, ३ जना कर्जा सहायक, १ जना ओभरसियर र ४६ जना लेखापाल मागेको छ।

    ती पदहरूका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले आजदेखि चैत १ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सक्नेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार