Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कृषि विकास बैंक घोटाला प्रकरणमा पूर्वसहायक रथीलाई चार वर्ष कैद, ३१ लाखबढी जरिवाना

    कृषि विकास बैंक घोटाला प्रकरणमा पूर्वसहायक रथीलाई चार वर्ष कैद, ३१ लाखबढी जरिवाना

    अनलाइन नेपाल
  • शुक्रबार, ३१ भाद्र २०७९
  • 906
    SHARES

    फाइल फोटो

    काठमाडौं । विशेष अदालतले कृषि विकास बैंकको ४ करोड रुपैयाँभन्दा बढी रकम घोटालामा दोषी देखिएका नेपाली सेनाका पूर्वसहायक रथी रमेशराज विष्ट र बैंककी कर्मचारी दीपिका रेग्मीलाई सजाय निर्धारण गरेको छ ।

    विशेष अदालतका न्यायाधीश शालिग्राम कोइराला, बलभद्र बास्तोला र खुसीप्रसाद थारूको इजलासले गत ७ भदौमा दोषी ठहर गरे पनि सजाय भने सोमबार निर्धारण गरेको हो ।



    पूर्वसहायक रथी विष्टलाई विशेष अदालतले चार वर्ष कैद सजाय सुनाउनुका साथै ३१ लाख ३८ हजार ६ सय ४४ रुपैयाँ जरिमाना सुनाएको छ । त्यस्तै, अदालतले बैंकको ‘टेलर सहायक’ दीपिका रेग्मीलाई भने आठ वर्ष कैद सजाय सुनाउँदै ३ करोड ९२ लाख ४४ हजार जरिमाना भराउन भनेको छ ।



    अख्तियारको अनुसन्धानमा टेलर सहायक रेग्मीले पूर्वजर्नेल विष्टको खातामा हिनामिना गरेकामध्ये ३३ लाख जम्मा गरेको भेटिएको थियो । विष्टलाई अदालतले जरिमाना सजाय निर्धारण गर्दा खातामा हालेको रकम आधार बनाइएको छ ।

    बाँकी रकम बैंककी टेलर सहायक दीपिका रेग्मीले हिनामिना गरको देखिएपछि सोहीबमोजिम अदालतले सजाय निर्धारण गरेको हो । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार