Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • कृषि विकास बैंकका सीईओ गुरुङले कार्यभार सम्हाले

    कृषि विकास बैंकका सीईओ गुरुङले कार्यभार सम्हाले

    अनलाइन नेपाल
  • सोमबार, ८ फाल्गुन २०७९
  • 732
    SHARES

    काठमाडौं । कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले कार्यभार सम्हालेका छन् ।

    उनले सोमबार कार्यालयमा पुगेर कार्यभार सम्हालेका हुन् । गत शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले उनलाई सीईओमा नियुक्त गरेको थियो ।



    सीईओ छनोट समितिले शनिबार तीन जनाको नाम बोर्डमा सिफारिस गरेको थियो । तीन जनामध्येबाट बोर्डले गुरुङलाई सीईओ बनाउने निर्णय गरेको थियो ।



    बैंकिङ क्षेत्रमा २६ वर्षे कार्यानुभव बटुलेका गुरुङ सिभिल बैंकका पूर्व सीईओ हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार