Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • भदौ १५ देखि आइपिओ निष्कासन गर्दै श्रृजनशील लघुवित्त

    भदौ १५ देखि आइपिओ निष्कासन गर्दै श्रृजनशील लघुवित्त

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 717
    SHARES

    फाइल फोटो

    काठमाडौं ।श्रृजनशील लघुवित्तले १५ भदौदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

    कम्पनीले ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न लागेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ९३ हजार ७५० कित्ता साधारण सेयर निष्कासन गर्नेछ ।



    यो १९ हजार ६९० कित्ता सामुहीक लगानी कोष र ५ हजार ४७० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ३ लाख ६८ हजार ५९० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।



    यसमा १९ भदौसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा २९ भदौसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार