Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • भारतीय प्रधानसेनापति मनोज ५ दिने भ्रमणका लागि नेपाल आउँदै

    भारतीय प्रधानसेनापति मनोज ५ दिने भ्रमणका लागि नेपाल आउँदै

    अनलाइन नेपाल
  • मंगलबार, ७ भाद्र २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । भारतीय स्थल सेनाका प्रमुख मनोज पाण्डे १९ भदौमा ५ दिने नेपाल भ्रमणका लागि काठमाडौं आउने भएका छन् । नेपाल–भारत दुवै मुलुकका सेना प्रमुखलाई एकअर्काको मुलुकमा मानार्थ महारथीको सम्मान दिने परम्परा छ ।

    त्यसैका लागि उनी काठमाडौं आउन लागेका हुन् । पाण्डे पाँच दिनका लागि नेपाल भ्रमणमा आउन लागेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।



    भारतीय प्रधानसेनापति भदौ १९ देखि २३ सम्म नेपाल भ्रमणमा रहने निश्चित भएको छ। पाण्डेको नेपाल भ्रमणका लागि नेपाली सेनालाई मन्त्रिपरिषद्‍बाट सैद्दान्तिक स्वीकृति मिलिसकेको छ ।



    पाण्डे नेपाली सेनाको मानार्थ प्रधानसेनापतिको पदवी लिन आउन लागेका हुन्। भ्रमणको औपचारिक घोषणा भने भइसकेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार