Online Nepal
  • शुक्रबार, ११ जेष्ठ २०८१
  • निलम्बनमा पुनर्विचार गर्न भारतीय फुटबल संघको फिफालाई अनुरोध

    निलम्बनमा पुनर्विचार गर्न भारतीय फुटबल संघको फिफालाई अनुरोध

    अनलाइन नेपाल
  • बुधबार, ८ भाद्र २०७९
  • 1.3K
    SHARES

    एजेन्सी । अखिल भारतीय फुटबल महासंघ (एआईएफएफ) लाई ले आफूमाथि लगाइएको निलम्बनमा पुनर्विचार गर्ने फिफालाई आग्रह गरेको छ।

    एआईएफएफका कार्यवहाक महासचिव सुनन्दो धरले फिफालाई पत्र लेख्दै निलम्बनमा पुनर्विचार गर्न आग्रह गरेका हुन् ।
    अल इन्डिया फुटबल फेडेरेसनमा बाहिरी शक्ति हावी भएपछि फिफाले प्रतिबन्ध लगाएको हो ।



    भारतको सर्वोच्च अदालतले एआईएफएफमा चुनाव गराउन निर्देशन दिँदै आफ्नै बोर्ड गठन गरेको थियो । तर फिफाले यस्तो नगर्न चेतावनी दिँदै आएको थियो ।



    एआईएफएफको चुनाव फिफा परिषद्का सदस्य प्रफुल्ल पटेलको नेतृत्वमा सन् २०२० डिसेम्बरसम्म हुनुपर्ने थियो, तर ढिलाई भएको थियो । भारतले आफ्नो ८५ वर्षे फुटबल इतिहासमा पहिलो पटक फिफाको निलम्बन बेहोर्नु परेको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार