Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • साहसी आमा : जसले चितुवाको मुखबाट छोरा खोसिन्

    साहसी आमा : जसले चितुवाको मुखबाट छोरा खोसिन्

    अनलाइन नेपाल
  • बिहिबार, ९ भाद्र २०७९
  • 975
    SHARES

    फाइल फोटो

    तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका–१ बानियाटारमा तीन वर्षीय छोरालाई चितुवाले लैजान थालेपछि उनकी आमाले चितुवाको मुखबाट खोसेर ल्याउन सफल भएकी छिन् ।

    करिब ५० मिटर टाढा पुगेर छोरालाई खोसेर ल्याउन सफल भएकी हुन् । बन्दीपुर गाउँपालिका–१ बानियाटारमा बुधबार साँझ सुवास परियारका तीन वर्षीय छोरा सुलभ परियारलाई चितुवाले आक्रमण गरेको थियो ।



    चितुवाले लैजान थालेपछि उनकी आमा पनि चितुवाको पछि पछि कुदेकी थिइन् ।



    घाइते परियारको बन्दीपुर गाउँपालिका–४ डुम्रेस्थित मोती हेल्थ क्लिनिकमा प्राथमिक उपचार गरिएको थियो । उनलाई थप उपचारका लागि चितवन मेडिकल कलेज भरतपुर लगिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार