Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • करिश्माको घरमै पुगेर निहारिकाले फिर्ता दिइन् पैसा र चश्मा

    करिश्माको घरमै पुगेर निहारिकाले फिर्ता दिइन् पैसा र चश्मा

    अनलाइन नेपाल
  • शुक्रबार, १० भाद्र २०७९
  • 1.8K
    SHARES

    काठमाडौं । निहारिका राजपुतले अभिनेत्री करिश्मा मानन्धरले दिएको २१ हजार रुपैयाँ र छोरालाई किनिदिएको चश्मा फिर्ता गरेकी छन् । पैसा फिर्ता गर्न उनी करिश्माको गोदावरीस्थित घरमै दुई वर्षको छोरा च्यापेर पुगेकी थिइन् ।

    गत असारमा निहारिका अनसनमा बसेको बेला करिश्माले उनलाई आर्थिक सहयोग गरेकी थिइन् । गत साता निहारिकाका निजी तस्वीर सेयर गरेपछि करिश्मा र निहारिकाबीच मनमुटाव सुरु भएको थियो ।



    निजी तस्वीर सेयर गर्दै करिश्माले आफूले उनलाई गरेको सहयोगप्रति पश्चाताप व्यक्त गर्दै आफू मान्छे भएको, तर एटीएम कार्ड नभएको प्रतिक्रिया दिएकी थिइन् । निहारिका पैसा फिर्ता गर्न गोदावरी पुग्ने समयमा करिश्मा सारीमा सजिएर तीज कार्यक्रमका लागि पार्टी प्यालेसमा गएकी थिइन् ।



    त्यहीं पुगेर पैसा फिर्ता गर्ने क्रममा विवाद र भनाभन समेत भएको थियो । आफ्ना निजी तस्वीर सेयर गरेको भन्दै निहारिकाले करिश्माविरुद्ध उजुरी दिने चर्चा छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार