Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • निहारिकाको मुद्दालाई अग्राधिकार दिएर छिनोफानो गर्न उच्च अदालतको आदेश

    निहारिकाको मुद्दालाई अग्राधिकार दिएर छिनोफानो गर्न उच्च अदालतको आदेश

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 642
    SHARES

    काठमाडाैं । समय अभावका कारण सबै कानुनी व्यवसायीले बहस गर्न नपाएपछि निहारिका राजपूतको मुद्दालाई अग्राधिकार प्रदान गर्ने गरी अन्य आदेश गरिएको छ ।

    बुधबार उच्च अदालत जनकपुरका न्यायाधीशद्वय भोजराज अधिकारी र डाल कुमार खड्काको संयुक्त इजलासले मुद्दामा अग्राधिकार दिने आदेश गरेको हो ।



    बुधबार वादीका तर्फबाट सरकारी वकिल समूहका सहन्यायाधिवक्ता यदुनाथ शर्मा, वरिष्ठ अधिवक्ताद्वय मीरा ढुङ्गाना र सुनिता रेग्मी, अधिवक्ताद्वय शान्ति रिजाल र वैतनिक वकिल रिंकु कुमारी यादवले बहस गरेका थिए ।



    वादीको बहसपछि प्रतिवादीका तर्फबाट बहस गर्ने पालो आए पनि समय अभावका कारण बहस गर्न नपाएपछि मुद्दालाई अग्राधिकार दिने गरी बुधबारको बहस सकिएको छ ।

    अदालतले जाहेरीवालीको वासस्थान, जायजन्म भएको बालकको हक अधिकार र आर्थिक अवस्था आदिको कारण उक्त मुद्दाको शीघ्र किनारा गर्नु वाञ्छनीय देखिएको भन्दै उक्त मुद्दालाई अग्राधिकार प्रदान गर्ने आदेश गरेको छ ।

    अग्राधिकार प्राप्त भएको मुद्दा थुनावाको मुद्दापछि पहिलो सूचीमा रहने भएकाले मङ्सिर २१ गते नै फैसला हुनसक्ने सम्भावना छ । तर गोला प्रणालीबाट पेसी व्यवस्थापन हुँदा उक्त दिन हेर्न नमिल्ने न्यायाधीशको बेञ्चमा मुद्दा परेमा भने स्थगित हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार