Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • प्रधानमन्त्रीनिवास अगाडि पुगेकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लियो

    प्रधानमन्त्रीनिवास अगाडि पुगेकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लियो

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । पत्रकार सम्मेलन गर्न भन्दै बालुवाटार पुगेकी निहारिका राजपुतलाई प्रहरीले केहिवेर नियन्त्रणमा लिएको छ ।

    प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारको ३ नम्बर गेटमा पत्रकार सम्मेलन गर्छु भन्दै पुगेपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    आफ्नो मुद्दाको पेशी तोक्न ढिलाइ भएको भन्दै ‘कुमारी आमा’ निहारिका राजपूतले प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रदर्शन गरेकी छन् ।



    मुद्दाको पेशीमा ढिलाइ गरेर आफूलाई न्यायबाट वञ्चित गरिएको उनको आरोप थियो ।

    निहारिकाको मुद्दा हाल जनकपुर उच्च अदालतमा विचाराधीन छ । दुई महिनाअगाडि नै उनको मागबमोजिम बच्चा र आरोपीको डीएनए टेस्ट भएको थियो ।

    निहारिका राजपुतका छोरा र प्रतिवादी शिवराम श्रेष्ठको भने डीएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार