Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • निहारिका प्रकरणमा नयाँ ट्वीस्ट : जिल्ला अदालतमा शिवराजविरुद्ध अंश मुद्दा

    निहारिका प्रकरणमा नयाँ ट्वीस्ट : जिल्ला अदालतमा शिवराजविरुद्ध अंश मुद्दा

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 927
    SHARES

    काठमाडौं । निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहले धनुषा जिल्ला अदालतमा अंश मुद्दा दिएकी छन् ।

    निहारिकाले आइतबार मात्रै आफ्ना श्रीमानले हेरविचार नगरेको भन्दै अंश मुद्दा दर्ता गराएकी हुन् ।



    निहारिकाले दर्ता गराएको मुद्दामा श्रीमान् शिवराज श्रेष्ठले मदिरा सेवन गरी कुटपिट गर्ने गरेको र आफ्नो हेरचाह नगरेको आरोप लगाएकी छिन् ।



    जिल्ला अदालतले एक सातापछिको तारेख दिए पनि निहारिकाले उच्च अदालतमा पेसीको मिति आउनु अगावै सबै प्रक्रिया पूरा गर्ने भन्दै सोमबारकै लागि प्रतिउत्तरको समय माग गरेकी छिन् ।

    सोही अनुसार माघ १६ गते सोमबार नै आरोपित शिवराज श्रेष्ठले त्यसको प्रतिउत्तर दिने तयारी गरेका छन् । हालको कानुनले स्पष्टरुपमा नाता कायमका लागि मुद्दा लैजाने बारे नतोकेकाले निहारिकाले नाता कायम गराउनका लागि अंश दाबी गरेकी हुन् ।

    अंश दाबी गर्दै मुद्दा दिएपछि अब धनुषा जिल्ला अदालतमा प्रतिउत्तर दर्ता भएपछि दुवै पक्षलाई मेलमिलापका लागि समय दिनेछ । उनीहरुबीच मेलमिलाप भएमा श्रीमान् श्रीमतीको नाता कायम गरी दर्ताका लागि सम्बन्धित पालिकाको वडा कार्यालयमा पठाइने छ ।

    स्मरणीय के छ भने सोनाली कुमारी सिंहले शिवराज श्रेष्ठविरुद्ध धनुषा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दायर गरेकी थिइन् । प्रेमी–प्रेमिका रहेकै समयमा यौनसम्बन्ध हुँदा सोनाली गर्भवती भएपछि उनीहरुबीच मनमुटाव भएको थियो ।

    सोनालीले तत्कालै श्रीमती बनाएर घर लैजान दबाब दिए पनि हजुरबुवाको निधन भएको कारण तत्कालै विवाह गर्न नसक्ने बताएपछि सोनालीले धनुषा जिल्ला अदालतमा जबरजस्ती करणीको मुद्दा दर्ता गराएकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार