Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • निहारिकाको छोरा र प्रतिवादी शिवरामको डीएनए मिल्यो

    निहारिकाको छोरा र प्रतिवादी शिवरामको डीएनए मिल्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १८ कार्तिक २०७९
  • 786
    SHARES

    काठमाडौं । निहारिका राजपुतका छोरा र प्रतिवादी शिवराम श्रेष्ठको डीएनए ९९.९९९ प्रतिशत ‘म्याच’ भएको छ ।

    उच्च अदालत जनकपुरले राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश जारी गरेको थियो ।



    डीएनए परीक्षणका लागि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा पठाइएको थियो । राजपुतका कानुन व्यवसायी अधिवक्ता रिन्कु कुमारी यादवका अनुसार आज अदालतले डीएनए परीक्षणको प्रतिवेदन प्राप्त गरेको छ ।



    प्रतिवेदनको अनुसार श्रेष्ठ र राजपुतका छोराको ९९.९९९ प्रतिशतले डीएनए म्याच भएको जानकारी उच्च अदालत जनकपुरका प्रवक्ता नुतन झाले जानकारी दिएकी छन् ।

    शिवराज साधारण तारिखमा छन्। उनको कात्तिक २५ गते तारेख छ। चुनावपछि यो मुद्दाको पेशी चढ्ने उच्च अदालत जनकपुरका रजिष्टार खड्गराज अधिकारीले जानकारी दिए।

    यता शिवराजले भने डिएनए म्याचिङ भएमा सोनाली कुमारी सिंह र उनीबाट जायजन्म भएको बालकलाई श्रीमती र छोराको रूपमा स्वीकार गर्ने बताइसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार