Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • विधिविज्ञान प्रयोगशालामा लिइयो निहारिकाको बच्चा र आरोपी श्रेष्ठको डीएनए नमूना

    विधिविज्ञान प्रयोगशालामा लिइयो निहारिकाको बच्चा र आरोपी श्रेष्ठको डीएनए नमूना

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 918
    SHARES

    काठमाडौं । ‘कुमारी आमा’ निहारिका राजपुतको बच्चा र बलात्कार आरोपी शिवराज श्रेष्ठको डीएनए टेस्टको लागि नमूना संकलन गरिएको छ । आज खुमलटारस्थिति विधिविज्ञान प्रयोगशालामा एकैपटक दुवैको नमूना लिइएको हो ।

    आफ्नो बच्चा र आरोपीको डीएनए म्याचिङ गराउनुपर्ने माग राख्दै निहारिकाले लामो समयदेखि विभिन्न संघर्ष गर्दै आएकी थिइन् । उनको मागबमोजिम केही दिनअघि जनकपुर उच्च अदालतले डीएनए परीक्षणका लागि आदेश दिएको थियो ।



    आज डीएनए टेस्टका लागि निहारिका बच्चा लिएर खुमलटार पुगेकी थिइन् । प्रहरीले आरोपी शिवराजलाई पनि उपस्थित गराएको थियो । बच्चा र शिवराजको थुक र रगत डीएनए परीक्षणका लागि संकलन गरिएको छ ।



    प्रहरीका अनुसार डीएनए परीक्षणको रिपोर्ट आउन तीन साता लाग्छ । निहारिकाले भने डीएनए परीक्षणको रिपोर्ट वास्तविक आउनेमै शंसय व्यक्त गरेकी छन् । यदि रिपोर्टमा कुनै गडबडी गरिएको खण्डमा आफूले अर्को संघर्ष सुरु गर्ने उनले बताइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार