Online Nepal
  • शनिबार, १२ जेष्ठ २०८१
  • ‘छड्के २’ को फस्ट लुक सार्वजनिक

    ‘छड्के २’ को फस्ट लुक सार्वजनिक

    अनलाइन नेपाल
  • शनिबार, ११ भाद्र २०७९
  • 891
    SHARES

    काठमाडौं । निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्दै गरेको नेपाली फिल्म ‘छड्के २’ को फस्ट लुक सार्वजनिक भएको छ।

    शुक्रबार सार्वजनिक भएको पोस्टरमा फिल्मका मुख्य अभिनेता अनमोल केसी एक्सन अवतारमा देखिएका छन्।



    रोमान्टिक हिरोको रूपमा परिचय बनाएका अनमोलले एक्सन जनरामा आफूलाई प्रमाणित गर्ने प्रयासमा छन्। यस्तोमा ‘छड्के २’ लाई चासोका रुपमा हेरिएको छ।



    क्राइम एक्सन थ्रिलर जनरामा बन्ने फिल्मका पोस्टरमा चुरोट तानिरहेका अनमोलको शरिर भरी ट्याटु र हातमा रगत लागेको हतियार छ।

    छड्के २ को पोस्टरले सामाजिक सञ्जालमा एउटा तरंग नै ल्याएको छ। अनमोलले पनि पागलपन बल्ल सुरु भएको भन्दै उक्त पोस्टर सार्वजनिक गरेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार