Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ठगी आरोपमा पक्राउ परेका अनमोल केसी नर्भिकमा भर्ना

    ठगी आरोपमा पक्राउ परेका अनमोल केसी नर्भिकमा भर्ना

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 2.8K
    SHARES

    काठमाडौं । ठगी गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी नर्भिक अस्पतालमा भर्ना भएका छन् । आर्थिक लेनदेन विवादमा फिल्म ‘रावायण’का निर्माताको उजुरीपछि उनी शुक्रबार पक्राउ परेका थिए ।

    तर छातीमा पीडा भएपछि उनलाई गएराति अस्पताल भर्ना गरिएको हो । भक्तपुरको साँगामा बेलुका पक्राउ गरेर प्रहरीले उनलाई अपराध महाशाखा बानेश्वरमा ल्याएर टेकुस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो ।



    उनीविरुद्ध निर्माणको तयारीमा रहेको फिल्म ‘रावायण’ युनिटले आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दर्ता गराएको छ ।



    रावायणका निर्माता सुप्रिया कटवालले केसीविरुद्ध १० लाख रुपैयाँ ठगीको उजुरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा दिएकी थिइन् ।

    त्यसपछि प्रहरीले केसीलाई बोलाएर सोधपुछ गर्ने प्रयास गरे पनि उनी सम्पर्कविहीन बनेका थिए । त्यसपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर उनको खोजी गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार