Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • नायक अनमोल प्रहरी परिसर टेकुको हिरासतमा, १० लाख बुझेर गएका थिएनन् ‘सुटिङ’ मा

    नायक अनमोल प्रहरी परिसर टेकुको हिरासतमा, १० लाख बुझेर गएका थिएनन् ‘सुटिङ’ मा

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 3.3K
    SHARES

    काठमाडौं । आपराधिक विश्वासघात गरेको आरोपमा शुक्रबार पक्राउ परेका अभिनेता अनमोल केसीलाई टेकुस्थित जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको छ ।

    उपत्यका अपराध अनुसन्धान कार्यालयकाका अनुसार अभिनेता केसीलाई अदालतबाट पक्राउ पुर्जी लिएर जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको हो ।



    केसीलाई आपराधिक विश्वासघात गरेको आरोपमा उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँको टोलीले काभ्रेबाट पक्राउ गरेको थियो । उनीविरुद्ध निर्माणको तयारीमा रहेको फिल्म ‘रावायण’ युनिटले आपराधिक विश्वासघातको कसुरमा किटानी जाहेरी दर्ता गराएको छ ।



    रावायणका निर्माता सुप्रिया कटवालले केसीविरुद्ध १० लाख रुपैयाँ ठगीको उजुरी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनमा दिएकी थिइन् । त्यसपछि प्रहरीले केसीलाई बोलाएर सोधपुछ गर्ने प्रयास गरे पनि उनी सम्पर्कविहीन बनेका थिए ।

    त्यसपछि प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिएर उनको खोजी गरेको थियो । चलचित्र अभिनयका लागि रकम लिएर पनि छायांकनमा नगएपछि निर्माता पक्षले उजुरी दिएको र त्यसकै आधारमा उनलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय काठमाडौँले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार