Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ठगी आरोपमा पक्राउ परेका अभिनेता अनमोल केहीबेरमा रिहा हुने

    ठगी आरोपमा पक्राउ परेका अभिनेता अनमोल केहीबेरमा रिहा हुने

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । ठगी गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई प्रहरीले आजै छाड्ने भएको छ । जिल्ला अदालत काठमाडौंले आजसम्म मात्रै हिरासतमा राख्न अनुमति दिएपछि उनलाई आजै छाड्न लागिएको हो ।

    शुक्रबार पक्राउ परेको र शनिबार सार्वजनिक बिदा भएकाले उनलाई प्रहरीले अदालतमा उपस्थित गरिसकेको थिएन । आइतबार सरकारी वकिल कार्यालयमार्फत अदालतमा पेश गरिएको थियो ।



    अदालतका न्यायाधीश कृष्णप्रसाद सुवेदीको इजलासले तीन दिनको म्याद दिएको थियो । सो म्याद आजै सकिएपछि केसीलाई छाड्न लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।



    अभिनेता केसीलाई सोमबार फेरि अदालतमा उपस्थित गराइने भएको छ । रावायन फिल्म खेल्न उनले १० लाख रुपैयाँ लिएको तर पछि नखेल्ने भन्दै रकम पनि फिर्ता नगरेको आरोप उनीमाथि छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार