Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अनमोल छुटेपछि निर्देशक थापाको गुनासो – मेरो छविलाई धमिल्याउने प्रयास भयो, प्रतिकार गर्छु

    अनमोल छुटेपछि निर्देशक थापाको गुनासो – मेरो छविलाई धमिल्याउने प्रयास भयो, प्रतिकार गर्छु

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 4K
    SHARES

    काठमाडौं । चलचित्र निर्देशक सुदर्शन थापाले आफ्नो छवि धुमिल पार्ने प्रयास भएको बताएका छन् ।

    अभिनेता अनमोल केसी रिहा भएपछि चलचित्र रावायणको निर्देशनको जिम्मा पाएका थापाले सामाजिक सञ्जालमार्फत आइतबार राति यस्तो बताएका हुन् । उनले आफ्नो डेढ दशकको संघर्षपछिको छविलाई धमिल्याउन प्रयास भइरहेको भन्दै आपत्ति जनाए ।



    ‘मेरो डेढ दशक लामो संघर्षपछिको छविलाई सहजै धमिल्याउन खोज्ने कार्यको प्रतिकार गर्न चाहन्छु । चलचित्रको मुख्य पात्रको बिना कुनै सहमति पक्कै पनि चलचित्र निर्माणको तयारी म बाट हुन सक्दैन । कागजी सहमति मात्रै हुनुपर्छ भन्ने छैन व्यवहारिक र दरिलो मौखिक सहमति मै चलचित्र ‘रावायण’को निर्माण कार्य अगाडि बढेको हो,’ उनले भनेका छन् ।



    ‘कलाकारको ब्यवसायीक प्रक्रिया र पाउनु पर्ने पारिश्रमिकको अधिकारका विषयमा म सधैं सचेत रहने गरेको छु तसर्थ कसैलाई दबाब र अभावमा काम गराउने मेरो मनसाय छैन र मेरो ईमानलाई सुहाउँदैन पनि । तर पछिल्लो समय सामाजिक संजालमा आएका अभिव्यक्ति र सञ्चारमाध्यममा लेखाईएका एकतर्फी समाचारप्रती मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ उनले लेखेका छन् ।

    साथै उनले कलाकारलाई मोटो पारिश्रमिकभन्दा आफूलाई तयार पार्न पनि सुझाव दिएका छन् । शुक्रबार शुक्रबार साँझ ‘अपराधिक विश्वासघात’को आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी आवे प्रहरी हिरासतबाट छुटेका छन् । उनी काभ्रेको साँगाबाट शुक्रबार साँझ पक्राउ परेका थिए ।

    पक्राउ परेलगत्तै उनलाई सिंहदरबार प्रहरी वृत्तमा पु¥याइएपनि आफू अस्वस्थ भएको बताएपछि उनी महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना भएका थिए। उनीविरुद्ध निर्माता थापाले १० लाख लिएर पनि फिल्म नखेलेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार