Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अभिनेता केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    अभिनेता केसीलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । ठगी आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसीलाई अदालतले तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौँका न्यायाधीश कृष्ण प्रसाद सुवेदीले अनमोललाई थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएका हुन् ।

    चलचित्र ‘रावायण’ फिल्मका लागि एड्भान्स लिएर काम नगरेको र रकम पनि फिर्ता नगरेको भन्दै निर्माता सुप्रिया कटुवालले दायर गरेको उजुरीपछि केसी पक्राउ परेका थिए।



    शुक्रबार पक्राउ परेका केसीलाई प्रहरीले आइतबार अदालतमा पुर्‍याएको थियो। अदालतले तीन दिन म्याद थप गरेको हो । रावायण फिल्म खेल्न उनले १० लाख रुपैयाँ लिएको तर पछि नखेल्ने भन्दै रकम पनि फिर्ता नगरेको आरोप उनीमाथि छ ।



    फिर्ता नगरेपछि प्रड्युसरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए । जाहेरी परेपछि प्रहरीले गत शुक्रबार केसीलाई पक्राउ गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार