Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • हाजिरी जमानीमा रिहा भए अभिनेता अनमोल केसी

    हाजिरी जमानीमा रिहा भए अभिनेता अनमोल केसी

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 2.3K
    SHARES

    काठमाडौं । ठगी गरेको आरोपमा पक्राउ परेका अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् ।

    जिल्ला अदालतले तीदिन हिरासतमा राख्न अनुमति दिए पनि उनलाई अनुसन्धानका लागि हिरासतमा राख्नुपर्ने अवस्था नदेखिएकाले हाजिरी जमानीमा छाडिएको हो ।



    शुक्रबार साँझ ‘अपराधिक विश्वासघात’को आरोपमा पक्राउ परेका केसीलाई जिल्ला अदालत काठमाडौंले आइतबारसम्मका लागि मात्र हिरासतमा राख्न अनुमति दिएसँगै प्रहरीले उनलाई छाडेको छ ।



    जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार अब उनले प्रहरीले बोलाएको खण्डमा उपस्थित हुनु पर्ने छ। तर, हिरासत बाहिरै बसेर मुद्दा लड्न पाउनेछन्।

    उनी काभ्रेको साँगाबाट शुक्रबार साँझ पक्राउ परेका थिए । पक्राउ परेलगत्तै उनलाई सिंहदरबार प्रहरी वृत्तमा पु¥याइएपनि आफू अस्वस्थ भएको बताएपछि उनी महाराजगञ्जस्थित चिरायु अस्पताल भर्ना भएका थिए । रावायन फिल्म खेल्न उनले १० लाख रुपैयाँ लिएको तर पछि नखेल्ने भन्दै रकम पनि फिर्ता नगरेको आरोप उनीमाथि छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार