Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिर्जनशील लघुवित्तको आईपीओ आजबाट बिक्री खुला, कति दिने आवेदन ?

    सिर्जनशील लघुवित्तको आईपीओ आजबाट बिक्री खुला, कति दिने आवेदन ?

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 852
    SHARES

    फाइल फोटो

    काठमाडौं । सिर्जनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको प्राथमिक सेयर (आईपीओ) निष्कासन आजबाट बिक्री खुला भएको छ । लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यको तीन करोड ९३ लाख ७५ हजार रुपैयाँबराबरको तीन लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन आजबाट गरेको हो ।

    निष्कासन गरिएको कुल सेयरमध्ये पाँच हजार ४७० कित्ता कर्मचारीहरूका लागि, १९ हजार ६९० कित्ता सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । बाँकी रहेको तीन लाख ६८ हजार ५९० कित्ता सेयरका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।



    आईपीओमा भदौ १९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा मागबमोजिम आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिने समय थप हुने बताइएको छ । लगानीकर्ताले न्यूनतम १० देखि एक हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।



    आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ । इच्छुक व्यक्तिले मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । यस्तै, सम्पूर्ण सी–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार