Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • निलम्बित प्रधानन्यायाधीश सिंहदरबार पुगेको एक घण्टा हुँदा पनि सुरु भएन बयान

    निलम्बित प्रधानन्यायाधीश सिंहदरबार पुगेको एक घण्टा हुँदा पनि सुरु भएन बयान

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 963
    SHARES

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिहान ११ बजे नै बयानको लागि सिंहदरबार पुगेका थिए। तर एक घण्टा बितिसक्दा पनि बैठक सुरु भएको छैन।

    महाअभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश जबरालाई एक साताअघि बयानको लागि बोलाउने निर्णय गरेको थियो।



    आज समितिको गणपुरक सङ्ख्या पनि पुग्यो तर मिडियालाई प्रवेश दिने की नदिने भन्ने विषयमा विवाद हुँदा अझै बैठक सुरु हुन सकेको छैन।



    ११ जना महाअभियोग छलफल समिति गठन भएको थियो। समितिमा एकबाल मियाँ, कल्याणी कुमारी खड्का, कृष्णभक्त पोखरेल, प्रमोद शाह, मीनबहादुर विश्वकर्मा, यशोदा गुरुङ सुवेदी, रामबहादुर विष्ट, रेखा शर्मा, लालबाबु पण्‍डित, विष्णु पौडेल र शिवमाया तुम्बाहाम्फे रहेका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार