Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • टी–२० विश्वकपको ट्रफीसँग प्रधानमन्त्री देउवा

    टी–२० विश्वकपको ट्रफीसँग प्रधानमन्त्री देउवा

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 765
    SHARES

    काठमाडौं । यसै वर्ष अष्ट्रेलियामा आयोजना हुने पुरूष टी-२० विश्वकप क्रिकेटको ट्रफीसँग तस्बिर खिचाउँदै प्रधानमन्त्री शेरबहादुर देउवा ।

    ट्रफी टुर अन्तर्गत नेपालमा रहेको ट्रफी बुधबार दिउँसो प्रधानमन्त्री कार्यालय बालुवाटार लगिएको थियो ।



    सोमबार नेपाल ल्याइएको ट्रफी मंगलबार चन्द्रगिरी र आज भक्तपुर दरबार क्षेत्र हुँदै प्रधानमन्त्री निवास पुर्‍याइएको हो । ट्रफीलाई सगरमाथा बेस क्याम्पसम्म पुर्‍याउने तालिका रहेको छ ।



    टी–२० विश्वकप अक्टोबर १६ देखि १३ नोभेम्बर सम्म अस्ट्रेलियामा आयोजना हुँदैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार