Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • डेंगुका कारण एक महिलाको मृत्यु

    डेंगुका कारण एक महिलाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, १५ भाद्र २०७९
  • 1.4K
    SHARES

    फाइल फोटो

    कैलाली । कैलालीमा डेंगु लागेका एक महिलाको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका–१२ की ३५ वर्षीया गीता शाहीको मृत्यु भएको हो ।

    कार्डियोप्लमोनरि अरेष्टबाट निसर्ग अस्पतालमा उपचाररत शाहीमा डेंगुको पनि लक्षण देखिएको थियो । उनको मंगलबार बिहान अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।



    साउन महिनायता कैलालीसहित देशभर ७० जिल्लामा डेंगुका विरामी धमाधम फेला परिरहेका छन्। चालु आर्थिक वर्षमा डेंगुका कारण मृत्यु हुने शाही पहिलो व्यक्ति हुन् ।



    यस्तै डेंगु संक्रमण तीव्र रूपमा फैलिइरहेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सतर्क रहन अपिल गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार