Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • एक खेलअघि नै नेपालले जित्यो केन्यासँगको एकदिवसीय शृङ्खला

    एक खेलअघि नै नेपालले जित्यो केन्यासँगको एकदिवसीय शृङ्खला

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 981
    SHARES

    फाइल तस्विर

    काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेट अभ्यास खेलमा नेपालले केन्यालाई १६ रनले पराजित गरेको छ । नेपालले दिएको दुई सय ३१ रनको लक्ष्य पछ्याएको केन्या ४६ ओभर ३ बलमा दुई सय १४ रनमा अलआउट भयो ।

    यसअघि नैरोबीमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै दुई सय ३० रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ७८ रन बनाए ।



    यस्तै देव खनालले ३७ र ज्ञानेन्द्र मल्लले २५ रन बनाए । बलिङतर्फ केन्याका कप्तान शेम एनगोचे र विराज पटेलले दुई/दुई विकेट लिए ।



    जवाफी ब्याटिङमा उत्रिएको केन्या ४६ ओभर ३ बलमा अलआउट भयो । केन्याका लागि सर्वाधिक रन रकिप पटेलले बनाए। उनले ८१ रनको अर्धशतकीय इनिङ खेलेका थिए ।

    कोलिन्स ओबुयाले ३७ रन जोड्दा नेल्सन ओधियाम्बोले २८ रन बनाए। गेरार्ड मुथुईले २० रन बनाए। नेपालका दीपेन्द्र सिंह ऐरीले ४ तथा सोमपाल कामीले ३ विकेट लिए। करण केसी, आदील अन्सारी र पवन सर्राफले १÷१ विकेट लिए ।

    श्रृंखलाको शुक्रबार भएको पहिलो खेल नेपालले ७ विकेटले जितेको थियो । अन्तिम खेल सोमबार हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार