Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • दुई सिरिज जितेर स्वदेश फर्कियो नेपाली टिम

    दुई सिरिज जितेर स्वदेश फर्कियो नेपाली टिम

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 771
    SHARES

    काठमाडौं । केन्या विरुद्ध टी-२० अन्तर्राष्ट्रिय र एकदिवसीय शृंखला खेलेर नेपाली क्रिकेट टोली आज (बुधबार) बिहान स्वदेश फर्किएको छ । टोलीलाई नेपाल क्रिकेट संघ क्यानका क्रिकेट म्यानेजर विनोद दास लगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका हुन् ।

    नेपालले केन्यासँग पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखला ३-२ ले जितेको थियो भने तीन खेलको एकदिवसीय शृंखला क्लिन स्वीप गरेको थियो । नयाँ प्रशिक्षक मनोज प्रभाकरले पनि यही टुरबाट नेपालको प्रशिक्षकको रुपमा डेब्यु गरे ।



    पूर्व कप्तान ज्ञानेन्द्र मल्ले पुनरागमनमा राम्रो प्रदर्शन गरे भने नयाँ खेलाडी अर्जुन साउदले राष्ट्रिय टिममा डेब्यु गर्दै आफ्नो छाप छाडे ।



    टी-२० शृंखलापछि नियमित कप्तान सन्दीप लामिछाने क्यारेबियन प्रिमिय लिग खेल्न वेष्टइन्डिज गएपछि एकदिवसीयमा रोहितकुमार पौडेलले नेपालको कप्तानी गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार