Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • केन्यालाई ६ विकेटले हराउँदै एकदिवसीय शृङ्खलामा नेपालको ‘क्लिन स्वीप’

    केन्यालाई ६ विकेटले हराउँदै एकदिवसीय शृङ्खलामा नेपालको ‘क्लिन स्वीप’

    अनलाइन नेपाल
  • सोमबार, २० भाद्र २०७९
  • 846
    SHARES

    काठमाडौं । केन्याविरुद्धको तीन खेलको एकदिवसीय सिरिज नेपालले ‘क्लिन स्विप’ गरेको छ ।

    सोमबार दिउँसो नैरोवीस्थित जिमखाना क्रिकेट स्टेडियममा भएको अन्तिम एकदिवसीय खेलमा घरेलु टोली केन्यालाई ६ विकेटले पराजित गर्दै नेपालले सिरिज ३-० ले ‘क्लिन स्विप’ गरेको हो ।



    केन्याले दिएको दुई सय ५६ रनको लक्ष्य नेपालले ४७ ओभर १ बलमा चार विकेट गुमाएर भेटायो । नेपालका लागि अर्जुन साउदले ५८, आसिफ शेखले ५६, बसिर अहमदले ५२, रोहित पौडेलले ४६ र ज्ञानेन्द्र मल्लले ३३ रन बनाए । बलिङतर्फ केन्याका भिराज पटेलले दुई तथा शेम एनगोचे र याश तालातीले एक/एक विकेट लिए ।



    यसअघि नैरोबीमा टस जितेर पहिले ब्याटिङ गरेको केन्याले निर्धारित ५० ओभरमा नौ विकेट गुमाएर दुई सय ५५ रन बनायो । केन्याका लागि कोलिन्स अबुयाले ८४, लुकास एनडानडासनले नटआउट ५९, सुखदिप सिंहले ३७ र इमानुएल बुन्डीले २३ रन बनाए । बलिङतर्फ नेपालका सोमपाल कामी र आदिल अन्सारीले दुई/दुई विकेट लिए । यस्तै वसिर अहमद र शाहब आलमले एक/एक विकेट लिए ।

    पहिलो एकदिवसीयमा नेपालले केन्यालाई सात विकेटले हराउँदा दोस्रो एकदिवसीयमा १७ रनले विजयी भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार