Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • दोस्रो एकदिवसीय क्रिकेटमा आज नेपाल र केन्या भिड्दै

    दोस्रो एकदिवसीय क्रिकेटमा आज नेपाल र केन्या भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 999
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाल र केन्याबिचको दोस्रो एकदिवसीय क्रिकेट आज हुँदैछ ।

    नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा नेपाल र केन्याबीचको खेल दिउँसो १२ः४५ बजे सुरु हुनेछ ।



    नेपालले हिजो भएको पहिलो खेलमा घरेलु टोली केन्यालाई ७ विकेटले हराएको थियो । हिजो भएको खेलमा जितका लागि २ सय १९ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर २ बलमा ३ विकेट गुमाउँदै भेट्टायो ।



    नेपालको जितमा आसिफ शेखले सर्वाधिक १ सय १० रनको शतकीय पारी खेले । योसँगै तीन खेलको एकदिवसीय श्रृंखलामा नेपालले १–० को अग्रता बनाएको छ ।

    नेपालले आजको खेल जितेमा श्रृंखला जित्नेछ । तेस्रो तथा अन्तिम खेल पर्सि हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार