Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य

    नेपालले केन्यालाई दियो २३१ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, १८ भाद्र २०७९
  • 888
    SHARES

    काठमाडौं । दोस्रो एकदिवसीयमा नेपालले केन्यालाई २३१ रनको लक्ष्य दिएको छ ।

    नैरोबीको जिमखाना क्रिकेट मैदानमा जारी खेलमा टस जितेर पहिला ब्याटिङ गरेको नेपाल निर्धारित ५० ओभरको खेलमा ४ बल बाँकी छँदै २ सय ३० रनमा अलआउट भएको हो ।



    नेपालका लागि रोहित पौडेलले ७८ रनको अर्धशतकीय पारी खेले। उनले ९४ बलमा सात चौका प्रहार गरे।



    देब खनालले ३७, सोमपाल कामीले २६, ज्ञानेन्द्र मल्लले २५, बसिर अहमदले १७, अदिल अन्सारीले १४, करण केसीले ११, अर्जुन साउदले ५ रन बनाए । दीपेन्द्रसिंह ऐरी र पवन सर्राफ समान २ रनमा आट भए। केन्याले केहीबेरमा जवाफी ब्याटिङ सुरु गर्नेछ।

    आजको खेल जितेमा नेपालले एक खेल बाँकी छँदै तीन खेलको श्रृखंला २–० ले आफ्नो पक्षमा पार्नेछ। शुक्रबार भएको पहिलो खेलमा नेपालले घरेलु टोली केन्यालाई ७ विकेटले पराजित गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार