Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • इंग्लिस प्रिमियर लिग : भिल्लासँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

    इंग्लिस प्रिमियर लिग : भिल्लासँग बराबरीमा रोकियो म्यानचेस्टर सिटी

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 816
    SHARES

    एजेन्सी । इंग्लिस प्रिमियर लिगमा डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटी एस्टन भिल्लासँग बराबरीमा रोकिएको छ ।

    शनिबार राति भिल्लापार्कमा भएको खेलमा म्यानचेस्टर सिटी एस्टन भिल्लासँग १-१ को बराबरीमा रोकिएको हो । यो नतिजाले गर्दा सिटी लिग तालिकाको शीर्ष स्थानमा उक्लिन असफल रह्यो ।



    खेलमा सिटीले ५०औं मिनेटमा इर्लिङ हाल्यान्डको गोलको मद्दतले अग्रता लिएको थियो । लिगमा उनको यो दसौं गोल हो । दोस्रो हाफमा भिल्लाका लागि लियोन बेलीले बराबरी गोल फर्काएका थिए ।



    अहिलेसम्म भएका ६ खेलबाट सिटी १४ अंकका साथ दोस्रो स्थानमा छ भने आर्सनल पाँच खेलबाट १५ अंकसहित शीर्ष स्थानमा छ । आइतबारको खेलमा आर्सनलले म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार