Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • भ्रष्टाचार आरोप लागेका गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट सर्वसम्मत सिफारिस

    भ्रष्टाचार आरोप लागेका गच्छदार सुनसरी क्षेत्र नम्बर ३ बाट सर्वसम्मत सिफारिस

    अनलाइन नेपाल
  • आइतबार, १९ भाद्र २०७९
  • 810
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर ३ बाट विजयकुमार गच्छदारलाई उम्मेदवारमा सिफारिस गरेको छ ।

    सुनसरी क्षेत्र नम्बर ३ को शनिबार बसेको बैठकले मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा गच्छदारलाई उम्देवारका रुपमा सर्वसम्मत सिफारिस गरेको हो ।



    गच्छादार बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएपछि सांसद पदबाट निलम्बित भएका थिए । सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा छ ।



    यस्तो अवस्थामा कांग्रेस सुनसरीले अन्य आकांक्षी नेताको नाम काटेर भ्रष्टाचारमा मुछिएका गच्छादारको एकल नाम सिफारिस गरिएको हो ।

    सुनसरी क्षेत्र नम्बर ३ बाट गच्छदार यसअघि ६ पटक सांसद निर्वाचित भइसकेका छन् भने यो अवधिमा उनी १८ पटक मन्त्री भएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार