Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • युगान्डामा पहिरोमा पुरिएर १५ जनाको मृत्यु

    युगान्डामा पहिरोमा पुरिएर १५ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २२ भाद्र २०७९
  • 945
    SHARES

    कम्पाला । युगान्डाको पश्चिमी जिल्ला कासेसेमा पहिराले पुरिएर १५ जनाको ज्यान गएको छ ।

    पहिराले पुरेका कासिका गाउँका १५ जनाको शव निकालिएको युगान्डा रेडक्रस सोसाइटी (यूआरसीएस) ले जनाएको छ ।



    यूआरसीएसका अनुसार ६ जना घाइतेको जीवितै उद्धार गरिएको छ । उनीहरूलाई कासेसे नगरपालिकास्थित सेन्ट पल अस्पतालमा ‘रिफर’ गरिएको छ । मंगलबार राति परेको मुसलधारे वर्षाका कारण पहिरो खस्दा केही घर पुरिएका आशंका गरिएको छ । उक्त स्थानमा उद्धार तथा खोजी जारी छ ।



    विगत केही दिनयता युगान्डाको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ जसले बाढीपहिरोको घटना बढाउनका साथै मानवीय एवम् बालीनालीसहित भौतिक क्षति निम्त्याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार