Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • युगान्डाविरुद्धको अन्तिम टी–२० सिरिजमा नेपाल ३३ रनले विजयी

    युगान्डाविरुद्धको अन्तिम टी–२० सिरिजमा नेपाल ३३ रनले विजयी

    अनलाइन नेपाल
  • शनिबार, ७ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    फाइल तस्विर

    काठमाडौं । युगान्डाविरुद्धको पाँचौ तथा अन्तिम टी–२० क्रिकेटमा नेपाल विजयी भएको छ ।

    शनिबार त्रिवि मैदानमा नेपालको राष्ट्रिय महिला क्रिकेट टिमले सिरिजको अन्तिम खेलमा पाहुना टोली युगान्डालाई ३३ रनले पराजित गरेर नेपाल विजयी भएको हो ।



    नेपालले दिएको एक सय २४ रनको लक्ष्य पछ्याएको युगाण्डाले २० ओभरमा ६ विकेट गुमाएर ९० रन मात्रै बनाउन सक्यो । युगाण्डाले यसअघि नै श्रृंखला जितेको छ ।



    युगाण्डाले पहिलो, दोस्रो र तेस्रो खेल जितेको थियो । नेपालले हिजो भएको चौंथो खेलमा युगाण्डालाई १५ रनले हराएको थियो । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय महिला क्रिकेट टिमका लागि सिरिजको आयोजना गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार