Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • युगाण्डाको विद्यालयमा विद्रोहीको आक्रमणः कम्तिमा ४० जनाको मृत्यु

    युगाण्डाको विद्यालयमा विद्रोहीको आक्रमणः कम्तिमा ४० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, २ असार २०८०
  • 636
    SHARES

    एजेन्सी । पश्चिमी युगान्डाको एक विद्यालयमा इस्लामिक स्टेट समूहसँग आबद्ध विद्रोहीहरूले आक्रमण गर्दा कम्तिमा ४० जनाको मृत्यु भएको छ ।

    एलाइड डेमोक्रेटिक फोर्स (एडीएफ) का सशस्त्र विद्रोहीहरूले शुक्रबार विद्यालयमा आक्रमण गरेका हुन् । मृत्यु हुने अधिकांश विद्यालयको छात्रावासमा बसेका विद्यार्थीहरु रहेको बताइएको छ ।



    मपोन्डेस्थित लुबिरिहा माविमा भएको आक्रमणमा घाइते भएका थप आठ जनाको अवस्था गम्भीर रहेको छ।



    घटनाको क्रममा एडीएफ विद्रोहीहरूले छात्रावास जलाउनुका साथै खाद्यान्न स्टोर लुटेको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार