Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपालको युगान्डासँग लगातार तेस्रो हार

    नेपालको युगान्डासँग लगातार तेस्रो हार

    अनलाइन नेपाल
  • बिहिबार, ५ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । टी-२० अन्तर्राष्ट्रिय शृंखलामा नेपाली महिला क्रिकेट टिमले युगान्डासँग लगातार तेस्रो हार व्यहोरेको छ ।

    बिहीबार भएको खेलमा नेपाल युगान्डासँग ६ विकेटले पराजित भएको हो ।



    हार सँगै युगान्डाले पाँच खेलको श्रृङ्खला दुई खेलअघि नै जित निकालेको छ ।



    यसअघि पहिलो खेलमा नेपाल युगान्डासँग १२ रनले पराजित भएको थियो । दोस्रो खेलमा नेपाल १ रनले पराजित भएको थियो ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै ८ विकेट गुमाएर ९९ रन बनाएको थियो ।

    १०० रनको लक्ष्य पाएको युगाण्डाका लागि ओपनर केभिन अविनोले सर्वाधिक ४२, जानेट एमबाबाजाईले २७ रन, रिता मुसामलीले ९ रन बनाइन् । केभिन र जानेटले गरेको ६६ रनको साझेदारी नै युगान्डाको जितको आधार बन्यो ।

    नेपालका लागि कविता कुँवरले ३ ओभरमा २२ रन खर्चेर २ विकेट लिइन् भने कप्तान रुबिना क्षेत्री र इन्दु बर्माले समान एक(एक विकेट लिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार