Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले चलायो डोजर

    पोखरा आर्ट ग्यालरी र पुस्तकालयमा महानगरपालिकाले चलायो डोजर

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 774
    SHARES

    काठमाडौं । पोखरा आर्ट ग्यालरी र सार्वजनिक पुस्तकालयको सटरमा पोखरा महानगरले बिहीबार डोजर चलाएको छ।

    यी दुई भवनमा २७ वटा सटर थिए।



    २०५६ सालमा स्थापना भएको पोखराको एकमात्र सार्वजनिक ग्यालरी पुरानो र जीर्ण भएको भन्दै महानगरका तत्कालीन मेयर मानबहादुर जिसीको कार्यकालमै त्यसलाई भत्काउने निर्णय भएको थियो ।



    ग्यालरीको तल्लो तलामा सटर राखेर भाडामा दिइएको छ । तर, सटर बिचौलियाको हातमा पर्दा महानगरले करोडौं राजस्व उठाउन बाँकी छ ।

    सटरमा डोजर लगाउन पोखरा महानगरका मेयर धनराज आचार्य २ वटा डोजर लिएर पुगेका थिए। उक्त स्थानमा अत्याधुनिक सार्वजनिक शौचालय र पार्क बनाउने महानगरको योजना रहेको मेयर आचार्यले जानकारी दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार