Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माओवादी जिल्ला इन्चार्ज चुँँदाली भन्छन् – चुनाव लड्न पैसा छैन, मलाई उम्मेदवार सिफारिस नगर्नू

    माओवादी जिल्ला इन्चार्ज चुँँदाली भन्छन् – चुनाव लड्न पैसा छैन, मलाई उम्मेदवार सिफारिस नगर्नू

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 771
    SHARES

    रुपन्देही । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कपिलवस्तु जिल्ला इन्चार्ज कमल चुँँदालीले आफूलाई उम्मेदवार सिफारिस नगर्न पार्टी नेताहरुलाई आग्रह गरेका छन् ।

    निर्वाचन प्रणाली खर्चिलो भएको भन्दै उनले उम्मेदवार भएर खर्च गर्ने आर्थिक सामथ्र्य आफूसँग नभएकाले प्रत्यक्ष र समानुपातिक कतै पनि सिफारिस नगर्न आग्रह गरेका हुन् ।



    माओवादीले बुधबारमात्र चुँँदालीको नाम प्रतिनिधिसभा क्षेत्र नं १ को प्रत्यक्षतर्फ सिफारिस गरेको छ । सामाजिक सञ्जालमा स्टाटस लेख्दै अध्यक्ष चुँदालीले यो निर्वाचन प्रणालीमा आफ्ना लागि चुनावमा उठ्नु असम्भव कुरा भएको तर्क दिएका छन् ।



    अहिलेको निर्वाचन प्रणाली आफ्नो क्षमताभन्दा बाहिर गएको भन्दै चुँदालीले समानुपातिकतर्फ पनि नाम सिफारिस नगर्न आग्रह गरेका छन् । उनले यो प्रणालीमा सुधार नआएसम्म चुनावमा भागै नलिने जनाएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार