Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • निहारिका प्रकरण : उच्च अदालत जनकपुरमा हाजिर भए शिवराज श्रेष्ठ

    निहारिका प्रकरण : उच्च अदालत जनकपुरमा हाजिर भए शिवराज श्रेष्ठ

    अनलाइन नेपाल
  • बिहिबार, २३ भाद्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । निहारिका राजपुत भनिने सोनालीकुमारी सिंहबाट जन्म भएको बालकको सम्बन्धमा डीएनए टेष्ट गर्न आरोपित शिवराज श्रेष्ठ उच्च अदालत जनकपुरमा हाजिर भएका छन् ।

    बुधबार जिल्ला प्रशासन कार्यालय धनुषाबाट एक हजार धरौटीमा रिहा भएलगत्तै बिहीबार उनी उच्च अदालत पुगेका हुन् । यसअघि उच्च अदालत जनकपुरले निहारिका राजपुतको माग बमोजिम नै उनीबाट जायजन्म भएको बालक र आरोपित शिवराज श्रेष्ठको डीएनए टेष्टको माग गरेकी थिइन् ।



    निहारिकाको माग बमोजिम अदालतले दुवैको डीएनए टेष्ट गराउने आदेश दिएको थियो । धनुषा जिल्ला अदालतले पनि जबरजस्ती करणीको कसुरमा शिवराजलाई सफाई दिँदै नाता कायमका लागि अर्कै मुद्दा लिएर आउन भनेको थियो ।



    निहारिकाले भने आफूमाथि बलात्कार नै भएको भन्दै आरोपितलाई हदैसम्मको कारवाही हुनुपर्ने माग गरेकी छिन् । जिल्ला अदालतले आफूलाई हराइदिएपछि निहारिकाले न्यायालय र न्यायाधीशमाथि पनि विभिन्न आरोप लगाएकी थिइन् । त्यसपछि सरकारी वकिल पुनरावेदनको मुद्दा लिएर उच्च अदालत गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार