Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा छैन : अध्यक्ष प्रचण्ड

    प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा छैन : अध्यक्ष प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, २४ भाद्र २०७९
  • 798
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद आफ्नो प्राथमिकतामा नरहेको बताएका छन् ।

    पोखरा पुगेका प्रचण्डले सञ्चारकर्मीहरुसँग कुरा गर्दै गठबन्धनमा सिट बाँडफाँटमा ठूलो असहमति नरहेको भन्दै आज भोलि नै शीर्ष नेताहरुको बैठकले सहमति जुटाउने बताएका हुन् ।



    गठबन्धनमा निर्वाचनपछि प्रधानमन्त्री को भन्ने विषयमा विवाद हुँदा सहमति नजुटेको भन्ने आरोपमा सत्यता नरहेको प्रचण्डको भनाइ थियो । आफू प्रधानमन्त्रीको दौडमा नरहेको र निर्वाचनपछि मत परिणामको आधारमा प्रधानमन्त्रीको टुंगो लाग्ने प्रचण्डले बताए ।



    प्रचण्डले विभिन्न जिल्लाबाट निर्वाचन लड्न प्रस्ताव गरिए पनि आफू चितवनबाटै निर्वाचन लड्ने बताए ।

    चितवनका जनताको चेतना र भरोसाका कारण त्यहीबाट निर्वाचन जित्नेमा आफू पूर्ण विश्वस्त रहेको प्रचण्डले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार