Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • नर्भिक अस्पतालमा प्रधानमन्त्री देउवाको पाँच मिनेट

    नर्भिक अस्पतालमा प्रधानमन्त्री देउवाको पाँच मिनेट

    अनलाइन नेपाल
  • शनिबार, २५ भाद्र २०७९
  • 777
    SHARES

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा शनिवार थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल पुगेका छन् ।

    लामो समयदेखि मृगौलाबाट पीडित भई हाल नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत धनगढीका स्थायीबासी नरबहादुर बलायरलाई भेट्न प्रम देउवा पुगेका हुन् ।



    शनिवार ११ः३७ मा नर्भिक अस्पताल पुगेका प्रधानमन्त्री देउवाले बलायरको स्वास्थ्य अवस्था र उपचारपछि भइरहेको प्रगति लगायतको विषयमा चासो दिएका थिए ।



    करिब ५ मिनेट बलायर र उनका आफन्त तथा उपचारमा संलग्न चिकित्सक टिमसँग कुरा गरी प्रम देउवा फर्किएका थिए ।

    धनगढीका ८१ वर्षीय बलायर दुवै मृगौलामा समस्या भई केही दिनअघिदेखि नर्भिक अस्पतालमा भर्ना भई उपचाररत छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार