Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • ७५ जिल्लामा डेंगु, ८ हजार ३ सय २७ जना बिरामी

    ७५ जिल्लामा डेंगु, ८ हजार ३ सय २७ जना बिरामी

    अनलाइन नेपाल
  • आइतबार, २६ भाद्र २०७९
  • 819
    SHARES

    काठमाडौं । देशभर डेंगुका बिरामीको संख्या ८ हजार ३ सय २७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत साउनउता उक्त संख्यामा बिरामी देखिएका हुन् ।

    नेपालमा २०६१ सालबाट देखिएको डेंगु ७५ वटा जिल्लामा फैलिएको छ । सबैभन्दा धेरै बागमती प्रदेशमा ६ हजार २ सय ५ जना डेंगुका बिरामी पहिचान भएको छ ।



    डेंगु संक्रमितमध्ये ७५ प्रतिशतमा मात्रै लक्षण देखिने विज्ञहरु बताउँछन् ।



    वरिष्ठ सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेंगु संक्रमितलाई सबैभन्दा धेरै शरीरका भागहरु दुख्छन् । ज्वरोसँगै शरीरको असह्य दुखाइ, आँखाको गेडी दुख्ने, वाकवाकी लाग्ने र कसैमा पखाला लाग्ने डेंगु छुट्याउन सकिने लक्षणहरु हुन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार