Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • राजा चार्ल्स तृतीय पहिलोपटक संसद जाँदै, शोक सभामा सहभागी हुने

    राजा चार्ल्स तृतीय पहिलोपटक संसद जाँदै, शोक सभामा सहभागी हुने

    अनलाइन नेपाल
  • सोमबार, २७ भाद्र २०७९
  • 849
    SHARES

    एजेन्सी । महारानी एलिजाबेथ द्वितीयको निधनपछि राजा बनेका चाल्र्स तृतीयले सम्राटको रूपमा आज आफ्नो पहिलो भ्रमण संसद्मा जानेछन् ।

    संसद्मा कमन्स र लर्डसले शोक व्यक्त गर्ने बेलायती समाचार संस्था बीबीसीले जनाएको छ ।



    आजै उनी एडिनबर्गमा प्रस्थान गर्नेछन्, जहाँ रानीको कफिन होलीरूडहाउसको दरबारमा राखिएको छ । यता शाही परिवारका सदस्यहरू कफिनको पछिपछि हिँड्नेछन् । सेन्ट गिल्स क्याथेड्रलमा महारानीको पार्थिव शरीर सार्वजनिक अवलोकनको लागि राखिनेछ ।



    रानीको अन्त्येष्टि सोमबार सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एब्बेमा हुनेछ । त्यसदिन बैंकलाई छुट्टी दिइनेछ ।

    चाल्र्स तृतीय गएको शनिबार एक विस्तृत समारोहकोबीच राजा घोषित भएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार