Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • बेलायतका राजा चार्ल्स तृतीय भन्छन् – म सेवा लिन होइन, देशको सेवा गर्न आएको हुँ

    बेलायतका राजा चार्ल्स तृतीय भन्छन् – म सेवा लिन होइन, देशको सेवा गर्न आएको हुँ

    अनलाइन नेपाल
  • शनिबार, २३ बैशाख २०८०
  • 531
    SHARES

    एजेन्सी । बेलायतका राजा चार्ल्स तृतीयले आफू सेवा लिन नभई देशको सेवा गर्न आएको बताएका छन् ।

    आज बेलायतको ऐतिहासिक शाही गिर्जाघर वेस्टमिस्टर एबेमा राज्याभिषेक गरेका चार्ल्स तृतीयले यस्तो बताएका हुन् । उनले भने, ‘सेवा लिन होइन, सेवा गर्न आएको हुँ ।’



    समारोहमा राजा चार्ल्स तथा उनकी पत्नी क्विन कन्सोर्ट क्यामिलालाई राजमुकुट पहिर्याइएको छ । २ दशमलव २३ किलो तौलको सुन र हीरा जवाहरात जडित श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् । राजमुकुट पछिल्लो पटक सन् १९५३ मा महारानी एलिजाबेथले उनको राज्याभिषेकमा पहिरिकी थिइन् ।



    समारोहको अन्तिम चरणमा राजाले गद्दी आरोहण पनि गरेका छन् । राजा बकिङ्घम दरबारबाट समारोहका लागि निस्कँदा सेन्ट्रल लन्डनका सडकमा मानिसहरूको भिडले स्वागत गरेको थियो ।

    राज्याभिषेक परेड हेर्ने आशामा अनुकूल ठाउँ सुनिश्चित गर्नका लागि मानिसहरू रातदेखि नै कुरेर बसेका थिए । समारोहमा विश्वका नेताहरु, राजपरिवारका सदस्यसहित झण्डै दुई हजार पाहुना सहभागी छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार